नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

२०८३ अषाढ़ २० शनिवार
सारांश
  • राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुनेछ ।

काठमाडौँ: राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द हुने विभागले जनाएको हो ।

 

विभागका अनुसार हाल प्रयोगमा रहेको प्रणालीलाई असार २९ गते नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ । 

विभागले जारी गरेको सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ ।

 

त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुनेछ ।

 

विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ । सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै नयाँ प्रणाली कार्यान्वयनका क्रममा सहयोग र सहकार्य गरिदिन सबै सेवाग्राही तथा सरोकारवालासँग अनुरोध गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार