राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असार १७ बुधबवार
सारांश
  • संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुँदैछ ।

काठमाण्डौ, १७ अषाढ़ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुँदैछ ।

 

आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सांसदहरुले राखेका प्रश्नहरुको मौखिक उत्तर दिने कार्यसूची रहेको छ ।

 

त्यसैगरी, आज सांसद रेनु चन्दले 'प्रविधिको प्रयोग गरि हुने लैंगिक हिँसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार