रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ आज हुँदै
२०८३ अषाढ़ १७ बुधबवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ ।
काठमाण्डौ, १७ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ ।
आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम हुने भएको हो ।
चितवनमा सम्पन्न महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा अब सभापति रवि लामिछानेले ५१ सदस्य मनोनित गर्ने छन् भने सात प्रदेशका सभापति केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।
त्यस्तै सभापति लामिछानेले विधान अनुसार पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ आज हुँदै
-
गृह मन्त्रालयद्वारा होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर कायम गर्न गराउन ७७ वटै जिल्लामा निर्देशन
-
भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार ९४३ पुग्यो
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।