संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दै

२०८३ असार १७ बुधबवार
सारांश
  • आज संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, १७ अषाढ़ । आज संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यसैगरी आज संयुक्त समिति संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ ।

 

बिहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने नेपाल नागरिक उड्‍डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफलको समेत कार्यसूची रहेको छ ।

 

त्यसैगरी, बिहान ९ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यस्तै, बिहान साढे ९ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

 

त्यसैगरी, बिहान साढे ९ बजेका लागि बोलाइएको समिति संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार