रास्वपाका तीन आयोग गठन, अनुशासन आयोगको प्रमुखमा पूर्व न्यायाधीश पौडेल

१७ आषाढ़, २०८३, बुधवार
सारांश
  • बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठकले  निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।

 

बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।

 

उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।

 

विधानको व्यवस्था अनुसार बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले आजको बैठकमा कुनै छलफल नभएको उनले बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार