रास्वपाका तीन आयोग गठन, अनुशासन आयोगको प्रमुखमा पूर्व न्यायाधीश पौडेल
१७ आषाढ़, २०८३, बुधवार
- बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।
बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।
उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।
विधानको व्यवस्था अनुसार बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले आजको बैठकमा कुनै छलफल नभएको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।