जर्मन दूतावासले भन्यो- विरोध पत्र दिएको वा नेपाली राजदुतसँग स्पष्टीकरण लिएको छैन
२०८३ अषाढ़ १७ बुधबवार
- भेटका क्रममा कुनै पनि प्रकारको विरोधपत्र वा अन्य आधिकारिक कागजात हस्तान्तरण नगरिएको दूतावासले स्पष्ट पारेको छ ।
काठमाडौं: काठमाडौँस्थित जर्मन दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका केही समाचार भ्रामक र तथ्यहीन रहेको जनाएको छ ।
दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय परराष्ट्र मन्त्रालयले छलफलका लागि आमन्त्रण गरेको तर स्पष्टीकरण नमागिएको स्पष्ट गरेको छ । साथै दुताबासले कूटनीतिक अभ्यासमा यी दुई विषयबीच स्पष्ट भिन्नता हुने उल्लेख गरेको छ ।
त्यस्तै, भेटका क्रममा कुनै पनि प्रकारको विरोधपत्र वा अन्य आधिकारिक कागजात हस्तान्तरण नगरिएको दूतावासले स्पष्ट पारेको छ ।
यसैगरी, राहदानी खरिदसम्बन्धी मुद्दाको परिणामका आधारमा कुनै सम्भावित कारबाही वा अन्य परिणामबारे नेपाललाई कुनै चेतावनी नदिइएको पनि दूतावासले जनाएको छ । जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने र यो सिद्धान्त आफ्नो संविधानमै सुनिश्चित गरिएको दूतावासले उल्लेख गरेको छ । साथै, अदालतमा विचाराधीन मुद्दाका विषयमा दूतावासले कुनै टिप्पणी नगर्ने आफ्नो स्थापित नीति रहेको र यस प्रकरणमा पनि त्यही नीति पालना गरिएको स्पष्ट पारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई प्रकरणमा अनियमितता भएको भन्दै दुई जर्मन कम्पनीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राहदानी विभागले दुई जर्मन कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउर राहदानी छपाईको ठेक्का दिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने
-
कांग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला: बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा के छ ?
-
अर्बपति बेजोसले किने लिभरपुल फुटबल क्लब
-
इन्डोनेसिया भूकम्प: दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु
-
विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।