बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण
१७ आषाढ़, २०८३, बुधवार
- यसै कारण १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अनुरोध गरेको छ ।
काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण माग गरेको छ ।
आयोगले असार १५ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै यस विषयमा विस्तृत जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो ।
आयोगले पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनअनुसार बालबालिकालाई सदस्यता वितरण गरिएको हो भने त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको पत्रमा आयोगले उल्लेख गरेको छ ।
यसै कारण १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अनुरोध गरेको छ ।
पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको उल्लेख गरेका थिए । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने
-
कांग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला: बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा के छ ?
-
अर्बपति बेजोसले किने लिभरपुल फुटबल क्लब
-
इन्डोनेसिया भूकम्प: दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु
-
विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।