रसुवागढी नाका आज र भोली बन्द

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ ।

रसुवा: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ । 

 

नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । 

 

चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ । 

 

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- 'रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।'

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार