रोपाइँको समयमा किसानलाई मल सहज उपलब्ध गराउन प्रचण्डको सरकारलाई ध्यानाकर्षण
२०८३ अषाढ़ १५ सोमवार
- शुभकामना सन्देशमा उनले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान अझ बढाउने तथा उत्पादन वृद्धि गर्ने नयाँ सङ्कल्प जागृत गराओस् भन्ने कामना गरेका छन् ।
काठमाण्डौ, १५ अषाढ़ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै रोपाइँको मुख्य समयमा पनि किसानले सहज रूपमा मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै रोपाइँको मुख्य समयमा पनि किसानले सहज रूपमा मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
प्रचण्डले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै मुलुकको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने बताएका छन् । उनले किसानमैत्री नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारले विशेष गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
शुभकामना सन्देशमा उनले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान अझ बढाउने तथा उत्पादन वृद्धि गर्ने नयाँ सङ्कल्प जागृत गराओस् भन्ने कामना गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।