अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाइँदै
२०८३ अषाढ़ १२ शुक्रवार
- लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने कुरामा दिवस केन्द्रित रहन्छ ।
काठमाण्डौ, १२ अषाढ़ । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस बर्ष 'प्रमाण स्पष्ट छ: रोकथाममा लगानी गरौँ' भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ । लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने कुरामा दिवस केन्द्रित रहन्छ ।
विश्वमा लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरेको छ । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या अहिले विश्वकै लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको हो । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् ।
लागूपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमूखी कार्यक्रम सञ्चालन गर्नु उत्तिकै आवश्यक छ । त्यति मात्र होइन लागूपदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
-
१६ करोडभन्दा बढी लकइन सेयर खुल्दै, दोस्रो बजारमा आपूर्ति बढ्ने चिन्ता
-
इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।