एन्फा निलम्बनको खबरले दुःखी बनायो- कमल थापा

११ आषाढ़, २०८३, बिहिवार
सारांश
  • थापाले फिफाको निलम्बनका कारण नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै निलम्बन फुकुवाका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले अन्तर्राष्ट्रिय फुटबल महासङ्घद्वारा अखिल नेपाल फुटबल सङ्घलाई निलम्बन गरिएको समाचारप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् ।

 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एन्फाका पूर्वअध्यक्षसमेत रहेका थापाले उक्त निर्णयले नेपालको फुटबल विकास र खेलाडीहरूको भविष्यमा गम्भीर नकारात्मक असर पार्ने बताएका छन् । उनले आफू एन्फाको पूर्वअध्यक्ष तथा एक खेलाडीको नाताले पनि यो समाचारले अत्यन्तै दुःखी र चिन्तित बनाएको उल्लेख गरेका छन् । 

 

थापाले फिफाको निलम्बनका कारण नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै निलम्बन फुकुवाका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

 

उनले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, एन्फा तथा सम्बन्धित पदाधिकारीहरूलाई प्रभावकारी कदम चालेर निलम्बन हटाउने वातावरण बनाउन हार्दिक आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार