- सूचना पाएलगत्तै दमकलका धेरै गाडी घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित बाहिर निकाल्ने अभियान जारी छ । प्रत्यक्षदर्शीका अनुसार उक्त भवनमा पुस्तकालय वा कम्प्युटर तालिम सञ्चालन हुने संस्था रहेको थियो ।
काठमाडौँ: भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ ।
आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम फालेका थिए, जसका कारण उनीहरू गम्भीर घाइते भएका छन् ।
उद्धारका लागि छिमेकी घरको छतबाट कोचिङ सेन्टरको पर्खाल काटेर भित्र प्रवेश गर्ने प्रयास गरिएको बताइएको छ ।
यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले राहत तथा उद्धारका लागि अधिकारीहरूलाई तत्काल परिचालन गरिएको र घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन् ।
स्थानीयवासीका अनुसार भवनबाट अचानक धुवाँ निस्किएको देखिएपछि तत्काल दमकल र प्रहरीलाई खबर गरिएको थियो । केही समयमै आगोले विकराल रूप लिएर सम्पूर्ण परिसरमा फैलिएको थियो ।
सूचना पाएलगत्तै दमकलका धेरै गाडी घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित बाहिर निकाल्ने अभियान जारी छ । प्रत्यक्षदर्शीका अनुसार उक्त भवनमा पुस्तकालय वा कम्प्युटर तालिम सञ्चालन हुने संस्था रहेको थियो ।
हाल आगलागीको वास्तविक कारण खुलेको छैन। घटनाबारे विस्तृत विवरण तथा घाइतेहरूको आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी छ । प्रहरी, दमकल र प्रशासनिक टोलीले उद्धार तथा अनुसन्धान कार्य जारी राखेको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।