- नयाँ प्रस्तावमा कर्मचारी र रोजगारदाताबाट थप २ प्रतिशत योगदान लिने कुरा पनि उल्लेख छ। यो रकम नयाँ सरकारी लगानी कोषमा जम्मा गरिनेछ। हाल जर्मनीमा निवृत्तिभरणका लागि १८.६ प्रतिशत योगदान लिइँदै आएको छ।
काठमाडौँ: जर्मन सरकारले निवृत्तिभरण प्रणालीमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। प्रस्तावअनुसार अवकाश उमेर ६७ वर्षबाट बढाएर ७० वर्ष पुर्याउने योजना अघि सारिएको छ। साथै ४५ वर्षसम्म कोषमा योगदान गरेका कर्मचारीले पाउँदै आएको छिटो अवकाश सुविधा पनि हटाउने तयारी गरिएको छ।
जर्मन सञ्चार माध्यमका अनुसार चान्सलर फ्रेडरिक मर्ज र श्रममन्त्री बार्बेल बासको नेतृत्वमा बनेको आयोगले मंगलबार आफ्ना सिफारिस सार्वजनिक गर्नेछ। आयोगले अवकाश उमेरलाई औसत आयुसँग जोड्दै क्रमशः ७० वर्षसम्म पुर्याउन सुझाव दिएको छ ।
यसअघि ४५ वर्ष योगदान गरेका कर्मचारीले कुनै कटौती बिना चाँडै अवकाश लिन पाउने ‘पेन्शन एट ६३’ नामक योजना हटाउन पनि सिफारिस गरिएको छ ।
नयाँ प्रस्तावमा कर्मचारी र रोजगारदाताबाट थप २ प्रतिशत योगदान लिने कुरा पनि उल्लेख छ। यो रकम नयाँ सरकारी लगानी कोषमा जम्मा गरिनेछ। हाल जर्मनीमा निवृत्तिभरणका लागि १८.६ प्रतिशत योगदान लिइँदै आएको छ।
सरकारले संसदको जुलाई बिदा अघि नै यो सुधार प्याकेज पारित गराउने प्रयास गरिरहेको बताइएको छ। बढ्दो वृद्ध जनसंख्या र अवकाश लिनेहरूको संख्या तीव्र रूपमा बढेपछि जर्मनीको निवृत्तिभरण प्रणालीमा दबाब बढ्दै गएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
हिरोशिमा दिवसमा लुम्बिनीमा दीप प्रज्वलन र सिद्धार्थनगरमा वृक्षारोपण
-
नेपाल बैंक र चितवन इनर्जीबीच लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी सम्झौता
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।