- उनले अमेरिका र इजरायल दुवै देशमा आफ्नो र ट्रम्पको सम्बन्धबारे गलत बुझाइ रहेको बताए । उनले भने- 'अमेरिकामा केही मानिसहरू ट्रम्पले मैले भनेअनुसार काम गर्छन् भन्छन् भने इजरायलमा केहीले म ट्रम्पले चाहेजस्तै काम गर्छु भन्ने ठान्छन् । यी दुवै कुरा गलत हुन् ।'
काठमाडौँ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम नगर्ने बताएका छन् ।
जेरुसेलममा आयोजित एक सम्मेलनमा बोल्दै उनले अमेरिका र इजरायलबीच घनिष्ठ सम्बन्ध रहे पनि दुवै देशका आफ्ना-आफ्नै राष्ट्रिय हित रहेको र सबै विषयमा समान धारणा नहुने स्पष्ट पर्दै आफुले ट्रम्पको इशारा अनुसार काम नगरेको बताएका हुन् ।
उनले अमेरिका र इजरायल दुवै देशमा आफ्नो र ट्रम्पको सम्बन्धबारे गलत बुझाइ रहेको बताए । उनले भने- 'अमेरिकामा केही मानिसहरू ट्रम्पले मैले भनेअनुसार काम गर्छन् भन्छन् भने इजरायलमा केहीले म ट्रम्पले चाहेजस्तै काम गर्छु भन्ने ठान्छन् । यी दुवै कुरा गलत हुन् ।'
नेतन्याहुले इजरायलले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने दोहोर्याए । यस विषयमा आफ्नो सरकारले कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । उनले आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहने पनि बताए । इजरायली नागरिकको सुरक्षाका लागि त्यहाँ सैन्य उपस्थिति आवश्यक रहेको उनको दाबी छ ।
यसैबीच, स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच जारी वार्ता दोस्रो दिनमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका कडा अभिव्यक्तिका कारण पहिलो दिनको वार्ता तनावपूर्ण बनेको बताइएको छ ।
नेतन्याहुले ट्रम्पसँग केही विषयमा मतभेद रहेको स्वीकार गरे पनि कुन विषयमा असहमति छ भन्नेबारे खुलाएनन् । उनले भने- 'हामी दुवै स्वतन्त्र र गर्विला राष्ट्रका नेता हौं । धेरै विषयमा हाम्रो सोच मिल्छ, तर केही विषयमा मतभेद पनि छन् ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
हिरोशिमा दिवसमा लुम्बिनीमा दीप प्रज्वलन र सिद्धार्थनगरमा वृक्षारोपण
-
नेपाल बैंक र चितवन इनर्जीबीच लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी सम्झौता
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।