वीरगञ्जको मुख्य सडक क्षेत्रमा आइतबारदेखि पुनः डोजर चलाइने

२०८३ अषाढ़ ०६ शनिवार
सारांश
  • वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।

वीरगञ्ज, ०६ अषाढ़ । वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।

 

सडक विभागअन्तर्गत सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो ।

 

यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा करिब एक हजार दुई सय घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै खाली नगरिएको जनाइएको छ ।

 

सडक विभागले यसअघि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई निश्चित समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको थियो । तर तोकिएको अवधि बितिसक्दा पनि संरचना नहटाइएकाले अब विभाग आफैंले डोजर प्रयोग गरेर बाँकी संरचना हटाउने निर्णय गरेको हो ।

 

यसका लागि सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक जनशक्ति, सुरक्षा तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ । सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियानअन्तर्गत यो कार्य अघि बढाउन लागेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार