अभिनेता अल्लु अर्जुनलाई अदालतमा हाजिर हुन आदेश

२०८३ अषाढ़ ०६ शनिवार
सारांश
  • हैदराबादस्थित नामपल्ली अदालतले यस घटनासँग जोडिएका व्यक्तिहरूलाई समन जारी गर्दै यही जुन २२ मा अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।

काठमाण्डौ, ०६ अषाढ़ । दक्षिण भारतका अभिनेता अल्लु अर्जुन कानुनी झमेलामा फसेका छन् ।

 

सन् २०२४ डिसेम्बर ४ मा चलचित्र पुष्पा- २ को विशेष प्रदर्शनका क्रममा भएको भागदौड (भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटना) सम्बन्धी मुद्दामा अदालतले उनलाई हाजिर हुन आदेश दिएपछि उनी कानुनी झमेलामा परेका हुन् ।हैदराबादस्थित नामपल्ली अदालतले यस घटनासँग जोडिएका व्यक्तिहरूलाई समन जारी गर्दै यही जुन २२ मा अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।

 

घटना  २०२४ डिसेम्बर ४ मा संध्या थियटर बाहिर भएको थियो, जहाँ विशेष प्रदर्शनका क्रममा ठूलो संख्यामा दर्शक भेला भएका थिए । आफ्नो मनपर्ने कलाकारको झलक हेर्न हजारौं फ्यानहरू थियटर बाहिर जम्मा भएपछि भीड अत्यधिक बढेको थियो ।

 

प्राप्त विवरणअनुसार अभिनेता अल्लु अर्जुन आफ्नो कारको सनरुफबाट बाहिर निस्केर फ्यानलाई हात हल्लाइरहेका बेला अचानक भीड अनियन्त्रित भई भागदौड मच्चिएको थियो । सो दुर्घटनामा रेभती नामकी एक महिलाको ज्यान गएको थियो भने उनका छोरा श्री तेजा गम्भीर रूपमा घाइते भएका थिए । प्रहरी अनुसन्धानमा अल्लु अर्जुनलाई आरोपी नम्बर ११ (ए ११) का रूपमा सूचीकृत गरिएको छ । थियटर व्यवस्थापनलाई भने आरोपी नम्बर १ देखि १० सम्म राखिएको छ । यस घटनामा कुल १९ जनालाई समन जारी गरिएको छ भने २३ जनाविरुद्ध अभियोग पत्र दायर भइसकेको छ ।

 

घटनापछि अल्लु अर्जुन र उनका परिवारले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए । उनका पिता तथा चलचित्र निर्माता अल्लु अरविन्दले रेभतीको परिवारलाई २ करोड भारु सहयोग दिने घोषणा गरेका थिए । अब सबैको ध्यान जुन २२ गते हुने सुनुवाइमा केन्द्रित छ, जहाँ यस मुद्दाको आगामी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार