- निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडीलाई प्रदान गरियो ।
काठमाडौँ: राष्ट्रिय चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा यसपटक ‘ऊनको स्वीटर’ ले आफ्नो वर्चश्व कायम गरेको छ ।
शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा ऊनको स्वीटरले तीन विधामा अवार्ड जितेको हो । फिल्मले उत्कृष्ट फिल्मसहित निर्देशन र अभिनेत्रीको विधामा फिल्मले अवार्ड प्राप्त गरेको हो ।
यस फिल्मबाट उत्कृष्ट निर्देशकमा नवीन चौहानले अवार्ड पाए भने अभिनेत्रीको अवार्ड मिरुना मगरले जितेकी छन् । त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘परान’ बाट नीर शाहले प्राप्त गरे । उनले ६० वर्ष लामो आफ्नो अभिनय करिअरमा पहिलो पटक राष्ट्रिय अवार्ड पाएका हुन् ।
‘परान’ ले लेखन विधामा पनि अवार्ड जितेको छ । यो विधामा दीपक प्रसाद आचार्य र यम थापाले अवार्ड पाए । छायांकनतर्फको अवार्ड ‘कोशेढुङ्गा’बाट पदम बहादुर श्रेष्ठले पाए भने सोही फिल्मबाट नहकुल खड्का उत्कृष्ट सम्पादकको अवार्ड पाएका छन् ।
निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडीलाई प्रदान गरियो । त्यस्तै विशेष चलचित्र पुरस्कार नाक्छोङ (ज्योतिराज राई) लाई प्रदान गरिएको छ ।
कार्यक्रममा ३ लाख ७५ हजार राशीसहितको दीर्घ साधना सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो । सो अवसरमा बोर्डले ११ जनालाई विशेष सम्मान पनि प्रदान गर्यो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष स्व. दिनेश सिटौलालाई ५१ हजार रुपैयाँ राशीसहित मरणोपरान्त सम्मान गरियो भने विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अभिनाश विक्रम शाह, रोहित रुम्बा, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, विनोद शेरचन र शङ्कर पाण्डे पनि सम्मान गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।