- हिजबुल्लाहका एक वरिष्ठ सांसदले इजरायली सेना लेबनानको भूमिमा रहिरहेसम्म कुनै पनि युद्धविराम अर्थहीन हुने बताएका छन् ।
एजेन्सी, ०६ अषाढ़ । इजरायल र हिजबुल्लाहबीच शुक्रबार युद्धविराममा सहमति भए पनि त्यसको भोलिपल्ट शनिबार इजरायलले दक्षिणी लेबनानमा फेरि हवाई आक्रमण गरेको छ । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल का अनुसार यी आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार इजरायली विमान र ड्रोनले शनिबार बिहानसम्म नबातिएह क्षेत्रमा विभिन्न स्थानमा आक्रमण गरेका थिए। आक्रमणका कारण आवासीय भवन र घरहरू ठूलो क्षति पुगेको बताइएको छ । साथै इजरायली सेनाले तोपबाट पनि गोलाबारी गरेको उल्लेख छ ।
यता, अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि आगामी शर्तबारे वार्ताका लागि विशेष दूत स्टिभ विटकोफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि उक्त वार्तामा सहभागी हुन सक्ने बताइएको छ ।
त्यसैगरी, सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आजै वार्ताका लागि स्विट्जरल्यान्ड पुग्न सक्ने सम्भावना छ ।
हिजबुल्लाहका एक वरिष्ठ सांसदले इजरायली सेना लेबनानको भूमिमा रहिरहेसम्म कुनै पनि युद्धविराम अर्थहीन हुने बताएका छन् ।
हिजबुल्लाहका प्रतिनिधि अली फय्यादले इरानको तस्नीम समाचार संस्थासँग कुरा गर्दै आफ्नो अडान स्पष्ट रहेको बताएका छन् । उनका अनुसार आक्रमण र निशाना बनाउने क्रम जारी रहेसम्म युद्धविरामको कुनै अर्थ रहँदैन । उनले आत्मरक्षाको अधिकार पूर्ण रूपमा जायज रहेको भन्दै यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
फय्यादले इरानको समर्थन उल्लेख गर्दै लेबनानलाई प्राप्त सैन्य तथा कूटनीतिक सहयोग जारी रहने बताए। यसले इजरायलमाथि दबाब बढाउने उनको भनाइ छ । उनले यही अवस्था कायम रहेमा इजरायल अन्ततः लेबनानबाट पछि हट्न बाध्य हुने दाबी पनि गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।