तुईनखोला नजिक खसेको पहिरो हटाइदै

२०८३ अषाढ़ ०४ विहीवार
सारांश
  • पहिरो पन्छाएपछि राति १० बजे सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो ।

चितवन: मुग्लिन-नारायणगढ सडकखण्डको तुईनखोला नजिक खसेको पहिरो हटाउने काम जारी रहेको छ ।

 

बुधबार राति पहिरो खस्दा अवरुद्ध बनेको सडक करिब डेढ घण्टापछि सञ्चालनमा आएको थियो । गएराती करिब ८:३० बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । तर पहिरो पन्छाएपछि राति १० बजे सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो ।

 

हाल बाँकी रहेको पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको सडक डिभिजन कार्यलय भरतपुरले जनाएको छ । सुरक्षाकर्मीको समन्वयमा केही समय सवारी आवागमन रोकिएको र अहिले सो स्थानमा मेसिन प्रयोग गरेर सफाइ कार्य जारी रहेको कार्यलयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार