दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

२०८३ अषाढ़ ०४ विहीवार
सारांश
  • विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाण्डौ, ०४ अषाढ़ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

बुधवार बयान र थुनछेक बहसपछि बिशेष अदालतका बिशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई कारागार चलानको आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिशेष सरकारी वकिल कार्यालयले भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगोसहित गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत आर्जन गरेको सम्पत्ति उनीहरूले शुद्धीकरण गरेको अभियोग छ। जिल्ला अदालतमा बिमा र धितोसम्बन्धि तथा उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ। सत्ताको आडमा उनीहरूले अबौंको वित्तिय अपचलन गरेको सरकार विभिन्न निकायको अनुसन्धानबाट खुलेको छ । उनीहरूको अन्य कारोबारमाथि सम्पत्ति शुद्धीकरणले थप अनुसन्धान गरिरहेको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार