दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

२०८३ अषाढ़ ०४ विहीवार
सारांश
  • विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाण्डौ, ०४ अषाढ़ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

बुधवार बयान र थुनछेक बहसपछि बिशेष अदालतका बिशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई कारागार चलानको आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिशेष सरकारी वकिल कार्यालयले भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगोसहित गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत आर्जन गरेको सम्पत्ति उनीहरूले शुद्धीकरण गरेको अभियोग छ। जिल्ला अदालतमा बिमा र धितोसम्बन्धि तथा उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ। सत्ताको आडमा उनीहरूले अबौंको वित्तिय अपचलन गरेको सरकार विभिन्न निकायको अनुसन्धानबाट खुलेको छ । उनीहरूको अन्य कारोबारमाथि सम्पत्ति शुद्धीकरणले थप अनुसन्धान गरिरहेको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार