भारत निर्यातमा अवरोध भएपछि झापाका ३२ चिया उद्योग बन्द हुँदै, ६० हजारको रोजगारी प्रभावित
२०८३ असार ०३ बुधवार
- नेपालमा वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र त्यसबाट ठूलो हिस्सा भारत निर्यात हुने गरिएको छ ।
झापा: झापाका सबै चिया उद्योगहरू भोलिदेखि बन्द हुने भएका छन् । उद्योग बन्द भएपछि करिब ६० हजार मजदुर र कर्मचारीको रोजगारी प्रभावित हुने देखिएको छ ।
नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर सम्बन्धी नियमका कारण चिया निर्यातमा समस्या आएपछि उद्योग बन्द गर्न बाध्य भएको हो ।
संघले झापामा रहेका ३२ चिया उद्योग प्रभावित भएका छन् भने यसअघि नै इलामका ५३ अर्थोडक्स चिया उद्योग बन्द भइसकेका छन् । नेपालमा वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र त्यसबाट ठूलो हिस्सा भारत निर्यात हुने गरिएको छ ।
नयाँ नियमका कारण चिया परीक्षण, भण्डारण र निकासी प्रक्रिया जटिल बनेको तथा गोदाममा राखिएको चिया बिग्रिने अवस्था आएको उद्योगीहरूको भनाइ छ । चियाको परीक्षणमा लामो समय लाग्ने र रिपोर्ट नकारात्मक आए नष्ट गर्नुपर्ने जस्ता व्यवस्था अव्यवहारिक भएको उनीहरूको आरोप छ ।
त्यस्तै उद्योगीहरूले चिया बिक्री रोकिएपछि किसानको हरियो पत्तीको भुक्तानी, विद्युत् महसुल र कर तिर्न समेत समस्या हुने बताएका छन् । समस्या समाधान नभएसम्म उद्योग सञ्चालन गर्न नसकिने चेतावनी पनि दिइएको छ । उनीहरुले सरकारसँग तत्काल पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान
-
भारत निर्यातमा अवरोध भएपछि झापाका ३२ चिया उद्योग बन्द हुँदै, ६० हजारको रोजगारी प्रभावित
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
-
देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।