भारत निर्यातमा अवरोध भएपछि झापाका ३२ चिया उद्योग बन्द हुँदै, ६० हजारको रोजगारी प्रभावित
२०८३ असार ०३ बुधवार
- नेपालमा वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र त्यसबाट ठूलो हिस्सा भारत निर्यात हुने गरिएको छ ।
झापा: झापाका सबै चिया उद्योगहरू भोलिदेखि बन्द हुने भएका छन् । उद्योग बन्द भएपछि करिब ६० हजार मजदुर र कर्मचारीको रोजगारी प्रभावित हुने देखिएको छ ।
नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर सम्बन्धी नियमका कारण चिया निर्यातमा समस्या आएपछि उद्योग बन्द गर्न बाध्य भएको हो ।
संघले झापामा रहेका ३२ चिया उद्योग प्रभावित भएका छन् भने यसअघि नै इलामका ५३ अर्थोडक्स चिया उद्योग बन्द भइसकेका छन् । नेपालमा वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र त्यसबाट ठूलो हिस्सा भारत निर्यात हुने गरिएको छ ।
नयाँ नियमका कारण चिया परीक्षण, भण्डारण र निकासी प्रक्रिया जटिल बनेको तथा गोदाममा राखिएको चिया बिग्रिने अवस्था आएको उद्योगीहरूको भनाइ छ । चियाको परीक्षणमा लामो समय लाग्ने र रिपोर्ट नकारात्मक आए नष्ट गर्नुपर्ने जस्ता व्यवस्था अव्यवहारिक भएको उनीहरूको आरोप छ ।
त्यस्तै उद्योगीहरूले चिया बिक्री रोकिएपछि किसानको हरियो पत्तीको भुक्तानी, विद्युत् महसुल र कर तिर्न समेत समस्या हुने बताएका छन् । समस्या समाधान नभएसम्म उद्योग सञ्चालन गर्न नसकिने चेतावनी पनि दिइएको छ । उनीहरुले सरकारसँग तत्काल पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
-
चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने
-
एनपीएलमा आज दुई खेल हुँदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।