गभर्नर डा. पौडेलको हस्ताक्षर भएको पाँच सयको नयाँ नोट आजदेखि प्रचलनमा
२०८३ असार ०३ बुधवार
- नोटको संकेत नम्बर झ ३८ ट ८३ १०००००१ देखि ९९९९९९ सम्म रहने र यो नोट आजदेखि चलनचल्तीमा ल्याएको हो।
काठमाडौं: नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर भएको रु पाँच सय दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ ।
बैंकले नयाँ नोट पुरानै आकार र रङ्गमा तयार गरिएको जनाएको छ । नोटको संकेत नम्बर झ ३८ ट ८३ १०००००१ देखि ९९९९९९ सम्म रहने र यो नोट आजदेखि चलनचल्तीमा ल्याएको हो।
नोटको अगाडिको भागमा मध्य खण्डमा 'श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट पाँच सय रुपैयाँ तुरुन्त पाइने छ' भन्ने प्रतिज्ञामूलक वाक्य लेखिएको छ । बायाँतर्फ सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा वि.सं. २०८२ लेखिएको छ । दृष्टिविहीन व्यक्तिले स्पर्श गरेर दर पहिचान गर्न सक्ने गरी पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला पनि राखिएका छन् । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र हल्का ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।
नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । साथै ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ ।
नोटको पछिल्लो भागमा बीचमा पाटेबाघको चित्र राखिएको छ । त्यसको माथि 'नेपाल राष्ट्र बैंक' लेखिएको छ। तल्लो भागमा पाँच सय रुपैयाँ र संकेत नम्बर २०२५ इस्वी संवत् उल्लेख गरिएको छ ।
यसअघि २०७८ साल पुस ९ गतेदेखि पुरानो शृंखलाको पाँच सय दरको बैंकनोट प्रचलनमा ल्याउने सम्बन्धी सूचना प्रकाशित भएको थियो । नयाँ नोटसँग सम्बन्धित विवरण अद्यावधिक गर्दै हालको शृंखला अनुसार वितरण सुरु गरिएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मोदीको गुनासो- जन्तरमन्तरमा आफू र स्वर्गीय आमालाई अपशब्द प्रयोग गरियो
-
स्पेनको सिउटा हुँदै युरोप प्रवेश गर्न खोज्छन् आप्रवासी ?
-
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै
-
सहकारी मुद्दा हेर्न छुट्टै ‘समर्पित इजलास’ गठन गर्न प्रधानन्यायाधीशसमक्ष प्रस्ताव
-
राजनीतिभन्दा ठुलो मानव सेवा केहि छैन- गगन थापा
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।