प्रतिनिधि सभाको बैठक आज नबस्ने, भोलीसम्मका लागि स्थगित

२०८३ जेठ २५ सोमवार
सारांश
  • यसअघि आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ । संघीय संसद सचिवालयले सुचना टाँस गरेर आज १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक नबस्ने जानकारी गराएको हो । 

 

संसद सचिवालयले विशेष कारणले आज १५ मिनेटका लागि स्थगित भएको बैठक नबस्ने जानकारी दिदै अब अर्को बैठक जेठ २६ गते मंगलबार दिउसो १ बजे बस्ने जानकारी दिएको छ ।    

 

यसअघि आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

 

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार