रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा शिर्ष नेताहरु सहभागी नहुने
२०८३ जेठ २५ सोमवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।
काठमाण्डौ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।
सर्बदलीय बैठक संसदमा प्रतिनिधित्व गर्ने दलका सभापतिसहित दुई जनालाई सहभागी हुन निमन्त्रणा गरिएकोमा दलहरुका शिर्ष नेता नजाने भएका हुन् । नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत अनुपस्थित हुने भएका छन् ।
काँग्रेसबाट सभापति थापाको सट्टा संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सहभागिता जनाउने बताइएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत बैठकमा सहभागी नहुने बुझिएको छ । एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुदैछन् ।
नेकपा संयोजक प्रचण्ड भने अस्वस्थ भएका कारण बैठकमा सहभागी नहुने भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अस्वस्थ भएपछि सहसंयोजक माधव नेपाल र नेता बर्षामान पुन बैठकमा सहभागी हुने बताइएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले भने सहभागिता नजनाउने बताइएको छ ।
बैठक केहीबेरमा सिंहदरबारमा शुरु हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’