- पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जसपाबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।
बुटवल: लुम्बिनी प्रदेश सरकारका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जसपाबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।
जसमा तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जसपाबाट मन्त्री बनाइएकोमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने आपत्ति जनाएको छ । सर्वोच्च अदालतले समेत जसपा नेपाललाई मान्यता दिएको अवस्थामा मुख्यमन्त्रीले आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
-
इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण
-
डा. डिल्लीरमण रेग्मी पुरस्कार वरिष्ठ चिकित्सक डा. दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पोखरेललाई संयुक्त रूपमा प्रदान
-
विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
-
लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।