भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान

२४ जेठ, २०८३, आइतवार
सारांश
  • अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।

काठमाडौँ: भारतविरुद्धको टेस्टमा अफगानिस्तान दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ४५१ रनले पछाडी रहेको छ ।

 

दोस्रो दिनको खेल सकिदा अफगानिस्तानले ५ विकेट गुमाउदै ११३ रन बनाएपछि भारतभन्दा ४५१ रनले पछि परेपछि फलोअन बचाउन संघर्ष गरिरहेको छ ।

 

अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।

 

त्यसैगरी भारतका बलर डेभ्यु टेस्ट खेलिरहेका भारतका बलर मानव सुथारले ३ विकेट लिएका छन् भने प्रसिद्ध कृष्णले २ विकेट लिएका छन् ।

 

यसअघि भारतले पहिलो इनिंगमा ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । पहिलो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले १२६ रन बनाएका थिए भने केएल राहुलले १०० रन बनाएका थिए । त्यस्तै ऋषव  पन्त र साई सुदर्शनले ८१-८१ रन तथा वाशिंटन सुन्दरले ५२ रन बनाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार