- यी नियमहरू यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको १४०औँ वार्षिक बैठकमा पारित भएका थिए र अब विश्वकपदेखि स्वतः लागू हुनेछन् ।
काठमाडौं: फुटबलको खेललाई अझ छिटो र व्यवस्थित बनाउन फिफा विश्वकप २०२६ मा खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति रोक्ने नयाँ नियम लागू हुने भएका छन् ।
यी नियमहरू यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको १४०औँ वार्षिक बैठकमा पारित भएका थिए र अब विश्वकपदेखि स्वतः लागू हुनेछन् ।
नयाँ नियमअनुसार थ्रो–इन र गोल–किकमा ढिलाइ गर्न पाइने छैन । थ्रो–इनका बेला खेलाडीले अनावश्यक समय खेर फालेमा रेफ्रीले पाँच सेकेन्डको उल्टो गणना गर्नेछन् । समयभित्र थ्रो–इन नभएमा निर्णय रद्द गरेर विपक्षी टोलीलाई मौका दिइनेछ । यस्तै, गोल–किकमा पनि ढिलाइ भए पाँच सेकेन्डपछि विपक्षीलाई सिधै कर्नर किक दिने नियम राखिएको छ ।
चोट लागेका खेलाडीको उपचारका लागि पनि समय सीमा तोकिएको छ । मैदानमै फिजियोथेरापिस्टबाट उपचार लिएपछि खेलाडी कम्तीमा एक मिनेट मैदान बाहिर बस्नुपर्नेछ ।
खेलाडी परिवर्तन (सबस्टीट्युसन) का लागि पनि कडा नियम बनाइएको छ । रेफ्रीले संकेत दिएको १० सेकेन्डभित्र मैदानभित्र आउने र बाहिरिने प्रक्रिया पूरा गर्नुपर्नेछ । यदि १० सेकेन्डभित्र परिवर्तन नभएमा सम्बन्धित टोलीले ६० सेकेन्डसम्म एक खेलाडी कम भएर खेल्नुपर्ने व्यवस्था गरिएको छ ।
भिडियो सहायक रेफ्री प्रणालीमा पनि परिवर्तन गरिएको छ । अब गलत तरिकाले दिइएको दोस्रो पहेंलो कार्डबाट भएको रातो कार्डको समीक्षा गर्न सकिनेछ ।
यस्तै, ड्रप बल सम्बन्धी नियम पनि संशोधन गरिएको छ । यदि ड्रप बलपछि खेल रोकिएन भने जसको नियन्त्रणमा बल रहन्छ, त्यसै टोलीलाई बलको अधिकार दिइनेछ । यी सबै नियमको उद्देश्य खेललाई छिटो, पारदर्शी र कम समय बर्बाद हुने बनाउनु रहेको फिफाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाई साउन १२ र १३ गते हुने
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै
-
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
-
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।