भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान
२४ जेठ, २०८३, आइतवार
- अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।
काठमाडौँ: भारतविरुद्धको टेस्टमा अफगानिस्तान दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ४५१ रनले पछाडी रहेको छ ।
दोस्रो दिनको खेल सकिदा अफगानिस्तानले ५ विकेट गुमाउदै ११३ रन बनाएपछि भारतभन्दा ४५१ रनले पछि परेपछि फलोअन बचाउन संघर्ष गरिरहेको छ ।
अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर डेभ्यु टेस्ट खेलिरहेका भारतका बलर मानव सुथारले ३ विकेट लिएका छन् भने प्रसिद्ध कृष्णले २ विकेट लिएका छन् ।
यसअघि भारतले पहिलो इनिंगमा ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । पहिलो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले १२६ रन बनाएका थिए भने केएल राहुलले १०० रन बनाएका थिए । त्यस्तै ऋषव पन्त र साई सुदर्शनले ८१-८१ रन तथा वाशिंटन सुन्दरले ५२ रन बनाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’