रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक जित्यो आइपिएलको उपाधि
२०८३ जेठ १८ सोमवार
- गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो ।
काठमाण्डौ, १८ जेठ । रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो ।
गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रन बनाएका थिए भने वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले ५० रन बनाएका थिए भने निशान्त सिन्धुले २०, जोस बटलरले १९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका रासिख सलामले ३ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडले २-२ विकेट लिएका थिए ।
योसँगै बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधिको जितेको छ । फाइनल खेलको प्लेयर अफ द म्याच विराट कोहली बनेका छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिज वैभव सुर्यबंशी बनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।