पत्रकारलाई घुस दिन खोजेको भन्ने विषयमा चिनियाँ दूतावासको स्पष्टीकरण
२०८३ जेठ ११ सोमवार
- नेपालस्थित चिनियाँ दुताबासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाण्डौ, ११ जेठ । नेपालस्थित चिनियाँ दुताबासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासका प्रवक्ताले सार्वजनिक गरेको धारणा अनुसार केही नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन चिनियाँ नागरिकले पत्रकारहरूलाई प्रलोभन दिएको भन्ने हल्लाप्रति चिनियाँ पक्ष स्तब्ध भएको र त्यसलाई पूर्ण रूपमा अस्वीकार गरिएको उल्लेख गरिएको छ ।
चिनियाँ पक्षले यस्ता गतिविधिलाई चीनविरुद्ध गरिएको नियोजित बदनाम प्रयासका रूपमा व्याख्या गर्दै कडा शब्दमा निन्दा गरेको छ । साथै चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको पनि स्पष्ट पारेको छ ।
प्रवक्ताले चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको उल्लेख गरेका छन् । साथै नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविकाको सुधारमा पनि चीनले सक्रिय सहयोग गरिरहेको दाबी गरिएको छ ।
दूतावासले सम्बन्धित नेपाली निकायलाई उक्त विषयमा गम्भीर, गहिरो र निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । घटनामा प्रत्यक्ष संलग्न व्यक्ति र त्यसका योजनाकारलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने चिनियाँ पक्षको भनाइ छ ।
चीनले नेपालसँग कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको पनि जनाएको छ । दुवै देशको साझा हित संरक्षणका लागि सहकार्य आवश्यक रहेको दूतावासको धारणा छ ।
प्रवक्ताले विवेक र बुद्धिमत्ताले अफवाह अन्त्य गर्ने विश्वास व्यक्त गर्दै नेपाली जनताले सही र गलत छुट्याउने तथा नेपाल–चीन परम्परागत मित्रता र सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।