दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै
२०८३ जेठ ०८ शुक्रवार
- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
काठमाण्डौ, ०८ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो ।
प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो । पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिइ विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने व्यवस्था विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।