काठमाडौँका कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ
२ जेठ, २०८३, शनिवार
- कार्यालयमा प्राप्त उजुरी, गुनासो र निवेदनका आधारमा यस्ता केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकहरूबाट ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ: काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूमा प्रहरीले कारबाही गरेको छ।
कार्यालयमा प्राप्त उजुरी, गुनासो र निवेदनका आधारमा यस्ता केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकहरूबाट ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा ती परामर्श केन्द्रहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड र प्रक्रिया पूरा नगरेको पाइएको छ । साथै, दर्ता तथा नवीकरण नगरी र इजाजतबिनै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गर्दै आएको पनि खुलेको छ ।
यही आधारमा शुक्रबार गरिएको कारबाही क्रममा उपत्यकाभरका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले यस्ता शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका नेपाली नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।