सुर्खेत उपत्यका नगर विकासको राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर
३० बैसाख, २०८३, बुधवार
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।
काठमाडौँ: सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट उठेको चार करोड १८ लाख चार हजार ३०३ राजस्वमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र बैंकमा दाखिला गरिएको पाइएको आयोगले जनाएको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको आरोप लगाइएको छ ।
आयोगका अनुसार प्रतिवादीहरूले उक्त रकम बैंकमा दाखिला भएको देखाउन गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएका थिए ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि कानुनअनुसार सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फ्रान्समा स्काइडाइभिङका यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, ११ जनाको मृत्यु
-
विश्वकपको नकआउटमा आजराती दक्षिण अफ्रिका र क्यानडा आमने आमने
-
भेनेजुएलामा भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक
-
बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो- विद्या भण्डारी
-
बामपन्थी अब एक हुनैपर्छ- झलनाथ खनाल
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।