'जेनजी' आन्दोलनका घाइते सुरेन्द्रलाई भेट्दा पूर्व राजा भावुक: दिए एकता र सहकार्यको सन्देश
२०८३ वैशाख २८ सोमवार
- गत भाद्र १३ गतेको 'जेनजी' आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवा सुरेन्द्र जङ्ग थापालाई पूर्व राजा ज्ञानेन्द्र शाहले भेट गरेका छन् ।
काठमाण्डौ, २८ वैशाख । गत भाद्र १३ गतेको 'जेनजी' आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवा सुरेन्द्र जङ्ग थापालाई पूर्व राजा ज्ञानेन्द्र शाहले भेट गरेका छन् । भेटका क्रममा पूर्व राजाले थापाको स्वास्थ्य अवस्था र घटनाको विस्तृत विवरणबारे आत्मीयतापूर्वक चासो राखेका हुन् ।
घाइते सुरेन्द्र जङ्ग थापाका अनुसार, भेटघाट निकै भावुक र संवेदनशील रहेको थियो । थापाले आफूलाई गोली लागेको क्षण, घटनास्थलको भयावह स्थिति र मृत्युको मुखबाट जोगिएर फर्किएको मार्मिक कथा सुनाउँदै गर्दा पूर्व राजाले अत्यन्तै भावुक हुँदै ती विवरणहरू सुनेका थिए । एक नागरिकले देशका लागि संघर्ष गर्दा भोग्नुपरेको पीडा सुनेपछि पूर्व राजाले सहानुभूति प्रकट गरेका थिए ।
संवादका क्रममा पूर्व राजाले वर्तमान समयमा देश र जनताले भोगिरहेको विषम परिस्थितिलाई औंल्याउँदै सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए । थापाका अनुसार राजाले भनेका थिए, "अहिलेको अवस्थामा हामी नेपाली एक-अर्कालाई गाली र आलोचना गरेर समय खेर फाल्नुभन्दा पनि सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्छ।"
भेटघाटको अनुभव सुनाउँदै सुरेन्द्र जङ्ग थापाले 'विन्दुपोष्ट' सँगको कुराकानीमा भने - "शासन सत्ता र व्यवस्था आफ्नो हातमा नहुँदा पनि राजा सधैँ देश र जनताकै बीचमा रहनुभएको मैले महसुस गरेँ । राजा देशको अभिभावकको रुपमा बस्नुपर्छ । अहिले आम नेपालीको चाहना पनि राजा देशको अभिभावक रहोस् भन्ने छ ।" पूर्व राजाले नेपाली जनतालाई धैर्य राख्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिन विशेष सल्लाह दिएको जानकारी समेत थापाले दिएका छन् ।
आन्दोलनमा घाइते भएका युवालाई पूर्व राष्ट्रप्रमुखले देखाएको यो सद्भाव र दिएको एकताको सन्देशलाई निकै अर्थपूर्ण रूपमा हेर्न सकिन्छ । सुरेन्द्र जङ्ग थापा हाल स्वास्थ्योपचारकै क्रममा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।