व्यवसायी शेखर गोल्छा पुन: पक्राउ

२०८३ वैशाख २२ मंगलवार
सारांश
  • सर्वोच्च अदालतको आदेसपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् ।

काठमाण्डौ, २२ वैशाख । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् ।

 

सर्वोच्च अदालतको आदेसपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

 

यसअघि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिरासत प्रक्रियामा त्रुटि देखाउँदै गोल्छालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

 

सोही आदेशपछि गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको हो ।

 

अब उनलाई उक्त बीमा सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने बताइएको छ ।

 

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार