प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

२०८३ वैशाख २१ सोमवार
सारांश
  • आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

काठमाण्डौ, २१ वैशाख । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

 

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । समितिको बैठकमा समितिको कार्यक्षेत्रका बारे र समितिको आगामी कामकारबाहीको विषयमा छलफल हुने जानकारी दिइएको छ ।

 

त्यस्तै आज  विहान ११ बजे समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्र र समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान-प्रदान गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यस्तै आज समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र काम कारवाही र आगामी कार्यदिशा बारे छलफल हुने जानकारी दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार