काठमाडौँमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
२० बैसाख, २०८३, आइतवार
- आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ: सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् ।
आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ भने स्वेच्छिक व्यवस्थापनअन्तर्गत दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।
सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
-
गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’
-
स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।