रोल्पा दुर्घटनाको तीन दिन पछि रास्वपाको विज्ञप्ति: सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठ्यो
१९ बैसाख, २०८३, शनिवार
- रास्वपा प्रवक्ता मनिष झाले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
काठमाडौँ: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा जीप दुर्घटना भएको तीन दिनपछि विज्ञप्ति जारी गरेर दुख व्यक्त गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
बैशाख १७ गते भएको उक्त दुर्घटनामा एकैपटक ठूलो मानवीय क्षति भएको भन्दै पार्टीले यो घटनाले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको जनाउदै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ स्थित भिरालो सडक खण्डमा दुर्घटनामा परेर २० जनाको मृत्यु भएको थियो । जीप करिब ७०० देखि ८०० मिटर गहिरो भिरमा खसेको थियो ।
यस घटनाले फेरि एक पटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरेको छ । यस्ता घटना परिवार र समुदायमा दीर्घकालीन पीडा छोड्ने भएकाले यसतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा भनिएको छ- 'आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।