सुकुमवासी बस्ती हटाउने सरकारको कदमविरुद्ध माइतीघरमा प्रदर्शन
१९ बैसाख, २०८३, शनिवार
- प्रदर्शनकारीहरूले ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘खोइ मानवता डोजरले पुर्यो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
काठमाडौँ: काठमाडौँ उपत्यकामा नदी किनारका सुकुमवासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध विरोध प्रदर्शन भएको छ। शनिबार माइतीघरमा जेनजी सेन्टर का अभियन्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलाइएको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘खोइ मानवता डोजरले पुर्यो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसैबीच बालाजु, स्वयम्भूलगायत क्षेत्रमा नदी किनारका संरचनामा डोजर चलाइएको छ। काठमाडौँ महानगरपालिका–१९ स्थित बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालय क्षेत्रमा समेत संरचना हटाइएको छ।
सरकारले दोस्रो चरणमा अतिक्रमित संरचना हटाइरहेको छ भने यसअघि बल्खु, शंखमूल, वंशीघाटलगायत क्षेत्रमा पनि घरटहरा भत्काइएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।