सुकुमवासी बस्ती हटाउने सरकारको कदमविरुद्ध माइतीघरमा प्रदर्शन
१९ बैसाख, २०८३, शनिवार
- प्रदर्शनकारीहरूले ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘खोइ मानवता डोजरले पुर्यो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
काठमाडौँ: काठमाडौँ उपत्यकामा नदी किनारका सुकुमवासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध विरोध प्रदर्शन भएको छ। शनिबार माइतीघरमा जेनजी सेन्टर का अभियन्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलाइएको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘खोइ मानवता डोजरले पुर्यो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसैबीच बालाजु, स्वयम्भूलगायत क्षेत्रमा नदी किनारका संरचनामा डोजर चलाइएको छ। काठमाडौँ महानगरपालिका–१९ स्थित बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालय क्षेत्रमा समेत संरचना हटाइएको छ।
सरकारले दोस्रो चरणमा अतिक्रमित संरचना हटाइरहेको छ भने यसअघि बल्खु, शंखमूल, वंशीघाटलगायत क्षेत्रमा पनि घरटहरा भत्काइएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।