किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर
१६ बैसाख, २०८३, बुधवार
- आयोगका अनुसार बेलर कहारको हकवालाको अधिकार मेट्ने उद्देश्यले फर्जी कागजात तयार गरी उनका भाइ भनेर बुद्धिराम कहारलाई जग्गाधनी कायम गरिएको पाइएको हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार बेलर कहारको हकवालाको अधिकार मेट्ने उद्देश्यले फर्जी कागजात तयार गरी उनका भाइ भनेर बुद्धिराम कहारलाई जग्गाधनी कायम गरिएको पाइएको हो ।
अनुसन्धानका क्रममा मालपोत कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य वृजनारायण यादव तथा बुद्धिराम कहारबीच आपसी मिलेमतो रहेको देखिएको आयोगले जनाएको छ ।
जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–२ को कार्यालयबाट बुद्धिराम कहारलाई बेलर कहारको भाइ भनेर तयार गरिएको नाता प्रमाणित, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिससम्बन्धी कागजात फर्जी ठहर गर्दै बदर गरिसकेको थियो ।
आयोगका अनुसार बेलर कहारको नाममा रहेको २ बिघा ५ कठ्ठा जग्गा उनकी हक खाने छोरी सन्जु कहारको नाममा हकहस्तान्तरण नगरी बुद्धिराम कहारको नाममा कायम गराउन गलत विवरणसहित सर्जमिन मुचुल्का तयार गरिएको थियो ।
त्यसका आधारमा सरकारी अभिलेखमा झुट्टा विवरण थपघट तथा हेरफेर गरी नामसारी दर्ता, श्रेस्ता र पूर्जा जारी गरिएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
-
नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार
-
काठमाण्डौ गोर्खाजमाथि जनकपुरको शानदार जित
-
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन शुरु
-
गृहमन्त्री सुदन गुरुङको लेखबारे `एआईको युगमा नेपाल´ अभियानका संयोजक पन्तको टिप्पणी
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।