चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
१५ बैसाख, २०८३, मगलवार
- तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको आधारमा गरिएको प्रारम्भिक अनुमानअनुसार उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको हो ।
काठमाडौँ: राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको आधारमा गरिएको प्रारम्भिक अनुमानअनुसार उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको हो ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यो आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको अन्तिम तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान तयार गर्दा ६ देखि ८ महिनासम्मका उपलब्ध तथ्याङ्क प्रयोग गरिएको छ भने बाँकी अवधिका लागि तथ्याङ्कीय विधिबाट अनुमान गरिएको हो ।
त्यस्तै स्थिर मूल्यका आधारमा आर्थिक वृद्धिदर मापन गर्दा चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.८० प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यो ३.३८ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८०/८१ मा ३.६८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गतिविधिबाट उत्पादन भएका वस्तु तथा सेवाको प्रवाह, आय, उपभोग, बचत तथा संस्थागत कारोबारको मापन गरी राष्ट्रिय लेखा प्रणालीमार्फत कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र युरोपेली संघकी राजदूत लोरेन्जोबीच भेटवार्ता
-
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
-
ढाकाटोपीमा सजिएका मोदीले भने सिक्किम भारतको ‘अष्टलक्ष्मी’ हो
-
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
-
संसद छल्दै दुई तिहाई नजिकको सरकार, दुई अध्यादेश राष्ट्रपति कार्यालय पठायो
धेरै पढिएको
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
विशेष
श्रीराम सुगर मिल्स: तराईको एउटा समृद्धिको सपनाको अन्त्य
२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो ।