नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७४ करोडको कारोबार

१४ बैसाख, २०८३, सोमवार
सारांश
  • आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, कर्पोरेट विकास बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सिटी होटलको शेयर १४.९९ प्रतिशतले बढेको छ ।

 

त्यसैगरी आज सबैभन्दा बढी निफ्रा ग्रिन इनर्जी डिभेन्चारको शेयर १४.०१ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ७४ लाख र अन्खु खोला हाइड्रोको २६ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार