वृद्ध भत्ता पाउने उमेर बारेका टिका टिप्पणी सत्य छैनन्- अर्थ मन्त्रालय
२०८२ चैत्र २१ शनिवार
- अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।
काठमाण्डौ, २१ चैत्र । अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।
सामाजिक सञ्जाल र मिडियामा वृद्ध भत्ता पाउने उमेर ७० बर्षबाट ७५ गर्न सरकारले निर्णय गरेको भन्ने हल्ला चलेपछि अर्थ मन्त्रालयले त्यसमा कुनै सत्यता नभएको जानकारी दिएको हो ।
अर्थ मन्त्रालयले भनेको छ- 'बृद्ध भत्ता पाउने उमेर बारे भएका टिका टिप्पणीहरुमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं ।'
हाल ७० बर्ष उमेर पुगेका नागरिकले मासिक ४ हजार बृद्ध भत्ता पाउने गर्दछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।