कैद छुट पाएपछि एक वर्ष अघिनै रिहा भए दीपक मनाङ्गे

२०८२ फागुन २८ विहीवार
सारांश
  • गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

पोखरा, २८ फाल्गुण । गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

 

बुधबार जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुटको सुविधा दिएकोले पाँच वर्षको सजायमध्ये ४ वर्ष भुक्तान गरेर रिहा भएका हुन् ।

 

खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका मनाङे यसअघि प्रदेश सांसद पदबाट पनि पदमुक्त भएका थिए । असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी उम्मेदवार हुन अयोग्य ठहर गरेको थियो ।

 

कारागारमा मनाङेले सबै कैदीबन्दीसँग राम्रो व्यवहार गरेका थिए र प्रशासनसँग सहयोग पुर्‍याएका थिए । भदौ २४ मा देशभरका जेल ब्रेक हुदा मनाङे जेल बाहिर आउन अस्वीकार गर्दै परिपक्कता देखाएका थिए । त्यसपछि उनको प्रसंशा समेत भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार