आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?
२०८२ फाल्गुण १९ मङ्गलवार
- चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म देखिने र उच्च स्थानबाट हेर्दा अझ राम्रो देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।
काठमाण्डौ, १९ फाल्गुण । आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म देखिने र उच्च स्थानबाट हेर्दा अझ राम्रो देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।
मौसम सफा भए देशका सबै भागबाट चन्द्रग्रहण स्पष्ट रूपमा अवलोकन गर्न सकिने छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र घरको छत, खुला मैदान वा नजिकैको डाँडाबाट सजिलै हेर्न सकिने सोसाइटीले जानकरी दिएको छ ।
२०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट भने यो एकमात्र ग्रहण देख्न सकिनेछ ।
चन्द्रग्रहण कसरी लाग्छ भन्नेबारे खगोलविद्हरूका अनुसार पृथ्वीले सूर्यको परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई घुमिरहेको हुन्छ । जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नहुँदा सूर्यको प्रकाश रोकिएर चन्द्रमा आंशिक रूपमा ढाकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।
यद्यपि हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको कक्ष पृथ्वीको कक्षसँग करिब ५ डिग्री झुकेको हुने भएकाले तीनै आकाशीय पिण्ड सधैं एउटै सीधा रेखामा पर्दैनन् । चन्द्रमाको कक्षाले पृथ्वीको कक्षीय सतहलाई दुई स्थानमा काट्छ, जसलाई प्राचीन ज्योतिषमा राहु र केतु भनेर चिनिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।