ओलीको भिडियो सन्देश- कित्ता स्पष्ट पार्ने समय आयो, देश बचाउने कि नबचाउने ?
१७ फाल्गुन, २०८२, आइतवार
- उनले भनेका छन्- 'अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाई कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् ।
आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्ष उभिने हो कित्ताकाट गर्ने समय आएको बताएका हुन् ।
उनले भनेका छन्- 'अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।'
ओलीले आफु बारे थुप्रै भ्रम फैलाइएको बताउदै मतदाताका आफूप्रतिका गुनासा र प्रश्न भएको र आफ्ना केही कमजोरी पनि रहेको स्वीकारेका छन् । उनले भनेका छन्- मलाई थाहा छ थुप्रै भ्रम फैलाइएको छ । मप्रति तपाइँका गुनासा र प्रश्न छन् र मेरा केहि कमीकमजोरी पनि होलान, तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’
ओलीले एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको उल्लेख गर्दै ठण्डा दिमागले देश हामीले बचाउने कि नबचाउने ? भन्ने प्रश्न आफैलाई सोध्न आग्रह गरेका छन् ।
ओलीले सन्देशमा आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताउदै अब देश पहिला भन्ने समय आएको बताएका छन् । उनले भनेका छन्- 'अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो ।
सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’
ओलीले अब आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्लै नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।