- घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।
रौतहट: बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ।
घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणमा आमा सुमिन्त्रा र छोरा रामेश्वरको घटनास्थलमै मृत्यु भएको हो।
उक्त आक्रमणमा ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हत्या कसले र के उद्देश्यले गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’