आशिका भन्छिन्- हल्लाको पछि नलागौं, उम्मेदवारी फिर्ता लिएको छैन

२०८२ माघ ०९ शुक्रवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् ।

धादिङ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् ।

 

यसअघि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी आशिकाले  सामाजिक सञ्जालमा लेख्दै आफुले उम्मेद्वारी फिर्ता नलिएको स्पष्ट गरेकी हुन् ।

 

उनले भनेकी छन्- 'हल्लाको पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म ।'

 

उनले इमेल र फोनमा उम्मेदवारी फिर्ता लिने भनेपछि निर्वाचन अधिकृतको  कार्यालयले स्वयं उपस्थित भएर सनाखत गर्न आग्रह गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार